पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं ।असोज ८ , साइबर अपराध आरोपमा अनुसन्धानका लागि पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

मंगलबार दिउँसो एक समूहले राष्ट्रिय झण्डासहित माइतीघरको सडकमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रसाईंलाई रिहा गर्न माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

उनलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । उनी विरामी भएका कारण वीर अस्पतालमा भर्ना भएका छन् ।

 

 

 

 

प्रकाशित : 24 September, 2024

प्रतिक्रिया दिनुहोस्