सप्तकोशी ब्यारेजको सबै ५६ वटै ढोका खोलियो

सहयात्रा टिभी

काठमाडौं । असोज १२, निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापनअनुसार कोसी ब्यारेजमा भएर ४ लाख १९ हजार क्युसेक पानी छ ।

निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको छ । शनिबारको बिहानको मापन अनुसार कोशी ब्यारेजमा भएर ४ लाख १९ हजार क्युसेक पानी छ । पानीको बहाव बढेपछि व्यारेजका ५६ मध्ये ५० वटा ढोका खोलिएको छ । यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ ब्यारेजका सबै ५६ ढोका खोलिएको थियो ।

पानीको बहाव बढेपनि ब्यारेजका संरचना अहिले सुरक्षित रहेको छ । यसैबीच बिहार सरकारको जलसंसाधन विभागले कोशीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको छ ।

विभागले शनिबार १२ बजे कोसी व्यारेज भएर छ लाख ८१ हजार क्युसेक पानीको बहाव हुनसक्ने बताएको छ । सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा, भागलपुर, खगडिया र कटिहार जिल्ला मा उच्च सर्तकता अपनाउन पत्राचार गरिएको हो ।

प्रकाशित : 28 September, 2024

प्रतिक्रिया दिनुहोस्