बायाँ हाते स्पिनर साहब आलम १० लाखमा काठमाडौंमा आवद्ध

सहयात्रा टिभी

काठमाडौं । असोज २०, नेपालका बायाँ हाते स्पिनर साहब आलमलाई अक्सनमा काठमाडौं गुर्खाजले किनेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १० लाख न्यूनतम मूल्य राखेका उनलाई लिन पोखरा र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । दुई टोलीबीचको कडा प्रतिस्पर्धामा उनले लक्की ड्रमार्फत १५ लाख रुपैयाँ पाएका हुन् ।

उनले नेपालबाट ६ टी-२० आई खेल खेलेका छन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्दै लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

उनले नेपाल ए बाट पछिल्लो पटक आयरल्यान्डविरुद्ध खेलेका थिए । केन्या भ्रमण २०२२ पछि भने उनी नेपालको सिनियर टोलीमा छैनन् ।

 

प्रकाशित : 6 October, 2024

प्रतिक्रिया दिनुहोस्