=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


दुर्गा प्रसाईंका समर्थकले आगो लगाएका ट्रकका चालकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असोज २१, मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ट्रकमा आगो लगाउँदा घाइते भएका चालक पदा रायको उपचारका क्रममा मृत्यु भएको छ।

आगलागीबाट घाइते ट्रक चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय रायलाई सुरूमा प्रसाईंकै बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य थप जटिल बनेपछि उनलाई थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज पठाइएको थियो ।

पदा रायको गएराति मृत्यु भएको हो । रायको मृत्यु भएपछि उनका आफन्तहरुले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाकासमेत अवरोध गरेका थिए ।

साइबर क्राइमको आरोपमा प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेपछि उनका समर्थक गत ७ गते बिहान २:५० बजे बिर्तामोड-६ गिरीबन्धु टी-इस्टेट नजिक दुहबीबाट जुट पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा आगो लगाएर भागेका थिए ।

भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी आइतबार रायको शव नेपाल पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगजनी गर्ने प्रसाईंका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो । सीडीओ बाँस्तोलाले अब उनीहरूलाई ज्यान मुद्दा चलाइने बताए ।

प्रकाशित : 7 October, 2024

प्रतिक्रिया दिनुहोस्