आज महानवमी तलेजु भवानी मन्दिर खोलिँदै

सहयात्रा टिभी

काठमाडौं । असोज २५, प्रत्येक वर्ष महानवमीका दिनमात्र खुल्ला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । मन्दिर दर्शन गर्न आउनेहरू बिहानैदेखि लाम लागेका छन् । वृद्धवृद्धा र अशक्तलाई दर्शनमा प्राथमिकता दिइएको छ ।

हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको हो । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खोलिएको छ ।

तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने प्रचलन छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन साइतअनुसार यात्रा गराइन्छ ।

 

प्रकाशित : 11 October, 2024

प्रतिक्रिया दिनुहोस्