राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नौ कन्याको पूजा

सहयात्रा टिभी

काठमाडौं । असोज २५, राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गरेका छन् । राष्ट्रपति भवनमा उनीहरूले कन्याहरूको पूजा गरेका हुन् ।

नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले नौ कन्याको पूजा गरेका हुन् ।

प्रकाशित : 11 October, 2024

प्रतिक्रिया दिनुहोस्