काभा यू-२० च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्कियो, विमानस्थलमा टिका र जमरा

सहयात्रा टिभी

काठमाडौं । असोज २७, श्रीलंकाको कोलोम्बोमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल भलिबल संघका पदाधपकारीले आइतबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले नेपाली टोलीलाई स्वागत गर्दै टिका र जमरा लगाइ दिएका थिए । यस्तै संघका पदाधिकारीले खेलाडीहरुलाई दसैंको टिका समेत लगाइदिए ।

पहिलो पटक भएको काभा यू २० पुरुष भलिबलमा नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित हुँदै उपिजेता बनेको थियो ।

फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा उज्वेकिस्तानले पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।

आयोजक श्रीलंका पाँचौं भयो । प्रतियोगितामा आयोजक श्रीलंकासँगै नेपाल, उज्वेकिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र माल्दिभ्सको सहभागिता थियो ।

प्रकाशित : 13 October, 2024

प्रतिक्रिया दिनुहोस्