=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


दशैँ बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने

सहयात्रा टिभी

काठमाडौं । असोज २९, बडादशैँ अन्तर्गतको सार्वजनिक बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।

सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि संघीय राजधानी काठमाडौंको चहलपहल र सवारी आवागमन निकै बढेको छ । यस वर्षको दशैँमा झण्डै १३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोडेका थिए ।

प्रकाशित : 15 October, 2024

प्रतिक्रिया दिनुहोस्