दाङमा टिपर दुर्घटना चालकको मृत्यु

सहयात्रा टिभी

बुटवल । कात्तिक २, दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।

चुनढुँगा लिन जान लागेको रा१ख १८५७ नम्बरको टिपर घोराही-तापा सडकखण्ड अन्तर्गत जुम्लेपानी भन्ने ठाउँमा बिहीबार राति सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 18 October, 2024

प्रतिक्रिया दिनुहोस्