प्रचण्डसहित विपक्षी दलका नेताहरू पुगे शीतल निवासमा

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ७, सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित विपक्षी दलका नेताहरू पुगेका छन् ।

सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदैछन् । राष्ट्रपति पौडेलसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ गुरुङ, नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।

यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

 

प्रकाशित : 23 October, 2024

प्रतिक्रिया दिनुहोस्