सुदूरपश्चिमबाट एनपीएल खेल्न इंग्ल्याण्डका अलि जेब अनुबन्ध

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ८, सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) ला लागि इंग्ल्याण्डका सेफ अलि जेबलाई अनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले बिहीबार जेबलाई अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । २६ वर्षीय बायाँ हाते ब्याटिङ अलराउन्डरले अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका छैनन् । तर, उनीसँग इंग्ल्याण्डको घरेलु काउन्टी क्रिकेट खेलेको अनुभव छ ।

उनले बकिमह्याम्पसायर र नर्थह्याम्पसायरबाट इंग्लिस काउन्टी क्रिकेट खेलेका छन् । जेबले अहिलेसम्म ७४ टी२० खेल खेलेका छन् । जसमा उनको उच्च स्कोर ९२ नर हो ।

सुदूरपश्चिम रोयल्सले दोस्रो विदेशी खेलाडीको रुपमा जेबलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले यसअघि स्कटिस अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई अनुबन्ध गरिसकेको छ ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् भने अस्ट्रेलियाबाट टी-२० विश्वकप जितेका पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा अनुबन्ध गरेको छ ।

एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । जसमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रकाशित : 24 October, 2024

प्रतिक्रिया दिनुहोस्