रवि र छविको म्याद थप सम्बन्धी बहस जारी

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ८, पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जारी रहेको छ ।

कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

रवि र छवि दुवै जनालाई अदालत कार्यालय खुलेसँग उपस्थित गराइएको थियो । रविको बहस भइरहँदा शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

शहीद चोक क्षेत्र निषेधित क्षेत्र कायमै छ भने हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै बाक्लो प्रहरी परिचालन गरिएको छ ।

 

प्रकाशित : 24 October, 2024

प्रतिक्रिया दिनुहोस्