वर्षाले नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २०, आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल रद्द भएको छ ।

आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको थियो ।

डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका अनिल शाह १० रन बनाएर बउट भएका थिए । आसिफ शेख ९ रनमा नटआउट थिए ।

लिग टु मा नेपालले वर्षाका कारण अंक बाँडेको यो दोस्रोपटक हो । यसअघि क्यानडा भ्रमणमा पनि नेपालले वर्षाकै कारण ओमानसँग अंक बाँडेको थियो ।

अहिलेसम्म लिग टु का तीन सिरिज खेलेको नेपालले जम्मा २ खेल मात्र जितेको छ र १२ खेलबाट ६ अंक जोडेर अंकतालिकाका सातौं स्थानमा छ ।

स्कटल्यान्ड १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रकाशित : 5 November, 2024

प्रतिक्रिया दिनुहोस्