काठमाडौंमा धमाधम छठघाट तयारी सुरु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २०, मंगलबार सुरु भएको छठ पर्वका लागि काठमाडौं उपत्यकाका जलासयहरुमा पनि तयारी सुरु भएको छ ।

छठपर्वको अवसरमा बिहीबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

त्यसमा पनि बिहीबार बेलुका सूर्यास्त हुने बेलाको पूजालाई विशेष मानिन्छ ।

त्यसका लागि जलासयहरुमा पूजा सामग्री, फलफूल आदि जम्मा गरेर छटघाट निर्माण गरिन्छ ।

आआफ्नो पूजास्थललाई विशेष श्रृङ्गार गर्ने प्रचलन छ । काठमाडौंमा बसोबास गर्ने मधेशी समुदायले यहीँका जलासयमा पूजा गर्ने गर्छन् ।

यहाँ पूजा गर्नेको संख्या बढ्दै गएको छ । त्यसैले बागमती नदीमा गौरीघाट, थापाथली आदि क्षेत्रमा छठघाट निर्माण गरिन्छ भने कमलपोखरीजस्ता जलासयहरुमा पनि छठघाट बनाइन्छ ।

 

प्रकाशित : 5 November, 2024

प्रतिक्रिया दिनुहोस्