नेपालले आज ताजकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २८, नेपाली राष्ट्रिय फुटबलले टिमले आज पाँच महिनापछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

पछिल्लोपटक गत जुनमा अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले आज ताजकिस्तानविरुद्ध खेल्न लागेको हो । नेपालले गत जुनमा विश्वकप छनोटअन्तर्गत यमनविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

ताजकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ : ४५ मा सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र ताजाकिस्तान सात वर्षपछि भिड्न लागेका हुन् । यी दुई टिमबीच पछिल्लो पटक सन् २०१७ मा प्रतिस्पर्धा भएको थियो । एएफसी एसिया कप छनोटअन्तर्गत भएका दुई खेल ताजकिस्तानले २–१ र ३–० ले जितेको थियो ।

नेपालले फिफाको नोभेम्बर विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । आजको खेलपछि नेपालले आगामी शनिबार अफगानिस्तानविरुद्ध अर्को मैत्रीपूर्ण फुटबल खेल्नेछ ।

प्रकाशित : 13 November, 2024

प्रतिक्रिया दिनुहोस्