पोखराका मेयर आचार्यको निर्णय विरुद्ध एमालेको नारावाजी 

सहयात्रा टिभी
काठमाडौं । कात्तिक २८,  पोखरा महानगरपालीकमा भएको करारसहित कर्मचारीको व्यवस्थापनमा देखिएको विवाद समाधान गर्न पोखराका मेयर धनराज आचार्यले समिति बनाएका छन् ।
मेयर आचार्यको एकलौंटी निर्णय नमान्ने भन्दै एमालेका जनप्रतिनिधिले विशेष नगर सभाकै माग गरिरहेका छन् । ३७ र्आैं कार्यपालीका बैठकले करारमा रहेका २८ जना प्राविधिक हटाउने निर्णय भएपछि विभिन्न माग राखेर आन्दोलन गर्दै आईरहेका छन् ।
एमालेको बहिस्कारका बावजुद कांग्रेसको दबावबिच बहुमतले २८ जना प्राविधिक हटाउने निर्णय गरेको थियो ।   पोखरा महानगरपालिकामा भएको करारसहित कर्मचारीको व्यवस्थापनमा देखिएको विवाद समाधान गर्न पोखराका मेयर धनराज आचार्यले समिति बनाएका छन् ।
त्योे कार्यपालिका बैठकले अवैध भन्दै एमाले जनप्रतिनिधिले खारेजीको माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् भने कांग्रेसका अधिकांश जनप्रतिनिधि कुनै पनि हालतमा निर्णयबाट पछाडि हट्न नहुने अडानमा छन् ।
मेयर आचार्यको एकलौंटी निर्णय नमान्ने भन्दै एममालेका जनप्रतिनिधिले विशेष नगर सभाकै माग गरिरहेका छन् ।
पोखरा महानगरमा करारका कर्मचारी र कामकाजमा खटिएका कर्मचारीको विवाद उत्कर्षमा पुगेपछि समिति गठन गरिएको मेयर आचार्यले विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

प्रकाशित : 13 November, 2024

प्रतिक्रिया दिनुहोस्