गौशाला संरचनामा डोजर लगाउँदा अवरोध गर्न आएका ३ जना नियन्त्रणमा

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३०, गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएपछि सायमीसहितका युवाहरू आएर अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी वृत गौशालामा राखिएको गौशाला प्रहरी वृतका डीएसपी सुकदेव खनालले बताए । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको छ ।

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।

डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको बताएका थिए ।

 

 

प्रकाशित : 15 November, 2024

प्रतिक्रिया दिनुहोस्