नेपाल एयरलाइन्सको मकालुले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान
नेपाल एयरलाइन्सको मकालु (९एन-एएलजेड)विमानले पनि नियमित उडान सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि-चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुनस् उडान सुरु गरेको हो ।

आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानले कुवेतबाट १७१ जना यात्रु ल्याएको थियो । फर्किंदा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ जना लिएर उडेको छ ।

मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन् ।

 

 

प्रकाशित : 18 November, 2024

प्रतिक्रिया दिनुहोस्