सहकारी पीडितको आन्दोलनमा रास्वपाद्धारा ऐक्यबद्धता

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४, सहकारी पीडितहरुले मंसिर ५ गतेदेखि गर्ने आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्धारा ऐक्यबद्धता जनाएको छ ।

कार्यवाहक महामन्त्री मनिष झाले विज्ञप्ति निकालेर सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरुले बचत रकम फिर्ताको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्दैछन् ।

फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु र पटकपटक बचतकर्तालाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नाले सहकारी समस्याको समाधान नभएको रास्वपाको ठहर छ ।

 

 

 

प्रकाशित : 19 November, 2024

प्रतिक्रिया दिनुहोस्