प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरवका आयोजनाको ब्रिफिङ लिने

सहयात्रा टिभी

काठमाडौं । मंसिर ९, प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन् ।

हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लागेका हुन् ।

राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङ मार्गहरू लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन् ।

यसैबीच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दै छ । बालुवाटारस्थित पुरानो सचिवालयमा बस्ने सो बैठकमा पनि प्रधानमन्त्रीले सहभागिता जनाउने सचिवालयले जनाएको छ ।

प्रकाशित : 24 November, 2024

प्रतिक्रिया दिनुहोस्