पालिका उपचुनाव अपडेट: ३६ पदको नतिजा सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । मंसिर १७, रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३६ वटा पदको नतिजा सार्वजनिक भएको छ ।

दुई अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र ३२ वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो । गाउँपालिकाका दुई अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ ।

नतिजा सार्वजनिक भएका ३२ वडाध्यक्षमध्ये कांग्रेसले १६, एमालेले ५, माओवादी केन्द्रले ५, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् । अब एक मेयर, दुई उपाध्यक्ष र तीन वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।

कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा भएको चुनावको मतगणना शुरू हुँदैछ । उपाध्यक्षकै लागि चुनाव भएको अर्को ठाउँ दोलखाको गौरीशंकर गाउँपालिकामा दिउँसो मात्रै मतगणना गर्ने तयारी छ ।

 

प्रकाशित : 2 December, 2024

प्रतिक्रिया दिनुहोस्