यू-१९ एसिया कपमा अफगानिस्तानलाई नेपालले १२३ रनमा अलआउट

सहयात्रा टिभी

काठमाडौं । मंसिर १८,  एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १२३ रनमा आउट गरेको छ। युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ३५.४ ओभरमा १२३ रनमा अलआउट गरेको हो।

अफगानिस्तानका लागि फैसल खानले अर्धशतक प्रहार गर्दा अरू ब्याटर सस्तैमा आउट भए। सन्तोष यादवको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि नेपालले उत्कृष्ट सुरूआत गरेको थियो। नेपालले अफगानिस्तानका दुवै ओपनरलाई शून्यमा आउट गरेको थियो।

खेलको पहिलो ओभरको तेस्रो बलमा नेपालका कप्तान हेमन्त धामीले अफगानिस्तानका ओपनर तथा कप्तान महबुब खानलाई शून्यमा बोल्ड गरे।

 

प्रकाशित : 3 December, 2024

प्रतिक्रिया दिनुहोस्