विराटनगरमा कांग्रेस नेता डा. कोइराला पक्षको भेला

सहयात्रा टिभी

काठमाडौं । मंसिर १८, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला विराटनगरमा सुरु भएको छ ।

विराटनगरको जैंन भवनमा केहीबेरदेखि भेला सुरु भएको हो । पालिका सभापतिहरूको भेला भनिएको कार्यक्रममा संस्थापन पक्ष सहभागी भएको छैन । संस्थापन पक्षले आजको भेलालाई अवैध भनेको छ ।

सोमबार केन्द्रीय कार्यालयले कोशी प्रदेशमा २२ मंसिर बाहेक भेला सम्मेलन नभएको बताएको थियो । २२ गते विराटनगरमा प्रथम प्रदेश सम्मेलन हुँदैछ ।

नेपाली कांग्रेस विराटनगर नगरसभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईंले सभापतिको भेलामा प्रदेशभरका पालिका सभापतिहरू आएको दाबी गरे । पाँच वटा महानगरसभापति पनि कार्यक्रमका लागि आएको उनले बताए ।

 

 

प्रकाशित : 3 December, 2024

प्रतिक्रिया दिनुहोस्