शिक्षा विधेयक प्रतिनिधिसभामा एक वर्षदेखि विचाराधीन

सहयात्रा टिभी

काठमाडौं । मंसिर २०, विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा एक वर्षदेखि विचाराधीन छ । विद्यालय शिक्षा विधेयक कुन सरकार मातहत रहने, कुन तहको सरकारको भूमिका के हुने, शिक्षाको गुणस्तर कसरी उकास्ने लगायतका विषयमा राजनीतिक दलहरूका आ–आफ्ना मत रहँदै आएका छन् ।

२५ असोज २०८० देखि संसदमा विधेयक दर्ता भए लगत्तै शिक्षकहरूको आन्दोलन गरेका थिए । उनीहरूसँग सरकारले सहमति गरेको थियो । तर, विधेयक कसरी अगाडि बढाउने भन्नेमा संसदले निचोड निकाल्न सकिरहेको छैन ।

तथापि, विधेयकमाथि रहेका विषयमाथि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले छलफल गरिरहेको छ ।

समिति सभापति अम्मबहादुर थापाका अनुसार विधेयकमाथि सांसदहरूले १५२ समूहमा एक हजार ७५८ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । संशोधनकर्ता सांसदहरुसँग छलफल सकिएको छ ।

अब विधेयकमाथि दफावार छलफल सुरु गर्ने तयारी छ । यसअन्तर्गत बुधबार समितिले बैठक बसेको थियो । उक्त बैठकमा लिँदै पूर्वशिक्षा मन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी

(रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक सहमतिमा टुंग्याउने र नेपालको शैक्षिक गुणस्तर विभिन्न आधार प्रस्तुत गरेकी छन् ।

 

 

प्रकाशित : 5 December, 2024

प्रतिक्रिया दिनुहोस्