कति छ आज तरकारीको मूल्य?
काठमाडौं । मंसिर २४, फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (सोमबार) कालिमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।
कालिमाटीमा सानो लोकल गोलभेँडा झन् महँगिएको छ। तर, कन्य च्याउ, स्कुस, मुलासहितका तरकारीको मूल्य भने केही घटेको छ। कालीमाटीमा आज पनि धेरैजसो तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।
कालिमाटीमा आइतबार ३५ रुपैयाँ प्रतिकिलो रहेको स्कुसको मूल्य आज २५ रुपैयाँमा झरेको छ। कन्य च्याउको मूल्य पनि प्रतिकिलो ४६ रुपैयाँ घटेको छ। कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ। कुरिलोको मूल्य आज पनि किलोकै ११०० रुपैयाँ छ।
कालिमाटीमा आज सानो लोकल गोलभेँडा ११५, भारतीय ठूलो गोलभेँडा ९५, रातो आलु ७३, पुकेको भारतीय प्याज ९५, गाँजर ११०, तराईको बन्दा ४५, स्थानीय काउली ७०, तराईको काउली ६५, रातो र सेतो दुवैखाले मुला ३५, लाम्चो भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी तने बोडी ११०, मकै बोडी ५५, करेला ११०, लोकल परबल ५५, तराईको परबल ७५, पाकेको फर्सी ५५, भिन्डी ९५, स्कुस २५, रायोको साग ३२, चम्सुरको साग ९५, कन्य च्याउ १८०, डल्ले च्याउ २७६, कुरिलो ११००, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो गोलभेँडा १०५, रातो आलु ७६, सेतो आलु ६२, सुकेको भारतीय प्याज ९६, लोकल गाँजर ११५, तराईको बन्दा ४५, स्थानीय काउली ८० रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी हिजो सेतो मुला ३५, लाम्चो भन्टा ५५, तने बोडी १०६, मकै बोडी ६५, लौका ६५, पाकेको फर्सी ५५, स्कुस ३५, रायोको साग ३२, कन्य च्याउ २२६, डल्ले च्याउ २७६, कुरिलो ११००, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो।