महिला एसिया कप : आज नेपालले भारतसँग खेल्ने

सहयात्रा टिभी

काठमाडौं । पुष २, एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बायुमास ओभलमा नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको छ । आइतबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो । पाकिस्तान लगातार दुई खेलमा पराजित भएसँगै नेपाल समूह चरणको एक खेल बाँकी छँदै सुपर ४ मा पुगेको हो ।

प्रतियोगितामा एशियाका ६ टोली सहभागी छन् । जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । आज भारतसँगको खेलपछि नेपालले सुपर ४ मा समूह ‘ए’को शीर्ष दुई टोलीसँग खेल्नेछ । सुपर ४ को खेल बिहीबार र शुक्रबार हुनेछ । सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन् ।

प्रकाशित : 17 December, 2024

प्रतिक्रिया दिनुहोस्