सांसद अरुण चौधरीको मुद्दा फैसलाको मिति सर्‍यो

सहयात्रा टिभी

काठमाडौं । पुस १७, सर्वोच्च अदालतले कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको योग्यतासम्बन्धी मुद्दाको निर्णय सुनाउने मिति सारेको छ ।

चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर रिट निवेदनमाथिको सुनुवाइपछि संवैधानिक इजलासले १७ पुसमा फैसला सुनाउने भनी मिति तोकेको थियो ।

बुधबार सर्वोच्च अदालतले निर्णय सुनाउने मिति सारेको हो। निर्णय सुनाउने अर्को मिति सर्वोच्चले तोकिसकेको छैन ।

अधिवक्ता बसन्त जोशीले उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उनलाई निर्वाचित गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राखेका थिए।

कुनै संघीय सांसदको योग्यताको विषयमा प्रश्न उठेमा सर्वोच्च अदालतको संवैधानिक इजलासले त्यसलाई टुंगो लगाउछ ।

 

प्रकाशित : 1 January, 2025

प्रतिक्रिया दिनुहोस्