मुलपानी क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन
सहयात्रा टिभी
काठमाडौं । पुस २४, संसदीय समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले बिहीबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरेको जनाएको छ ।
छलफलपछि समितिले मुलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितताका लागि निर्देशन दिएको जानकारी प्राप्त भएको छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ कै नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरी मूलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने घोषणा गरेको थियो ।