अन्तिम कारोबार दिन नेप्से १८.१४ अंक घट्यो
सहयात्रा टिभी
काठमाडौं । पुस २५, साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ ।
विगतका ६ कारोबार दिन लगातार बजार बढेसँगै नेप्से २६३५ मा कायम भएको छ ।
बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको भयो ।
६ कारोबार दिनपछि घटेको मौकामा कतिपय लगानीकर्ताले खरिदको अवसर ठाने । कतिपयले थप घट्ने संकेतका रुपमा बुझे । जसले गर्दा कारोबार रकममा बृद्धि हुन पुग्यो ।