सिंहदरबारमा प्रचण्ड-माधव भेटवार्ता जारी

सहयात्रा टिभी

काठमाडौं । पुस २६, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ ।

सिंहदरबारमा उनीहरूबीच केहीबेरअघिदेखि भेटवार्ता चलिरहेको हो । अध्यक्ष प्रचण्ड र नेपालसहितका नेताहरू हिजो (बिहीबार) पनि भेट भएको थियो ।

बिहीबारको भेटमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका वरिष्ठ नेता बेदुराम भुसाल पनि सहभागी थिए ।

सो भेटमा समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका विषयमा छलफल भएको थियो । आजको भेटवार्तामा भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् ।

समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

प्रकाशित : 10 January, 2025

प्रतिक्रिया दिनुहोस्