रवि काठमाडौंको जिल्ला अदालत  उपस्थित हुँदै

सहयात्रा टिभी

काठमाडौं । पुस २८, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदैछन् ।

लामिछानेको सचिवालयका अनुसार उनी आज बिहान अदालतमा उपस्थित हुन लागेका हुन् । यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।

प्रकाशित : 12 January, 2025

प्रतिक्रिया दिनुहोस्