अध्यादेशबाट देश चलाउन खोजेको भन्दै सरकारको आलोचना

सहयात्रा टिभी
काठमाडौं । पुस २८,  सत्तारुढ दल कांग्रेसकै नेताले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै सरकारको  आलोचना गरेको जानकारी प्राप्त भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले ले संसद्को नियमित अधिवेशन छलेर अध्यादेशको सहारामा देश चलाउन खोज्नु गलत भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
सरकारसँग पर्याप्त बहुमत हुँदा पनि बैठक आह्वान नगरी संसद्लाई बन्धक बनाएर अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनको भनाइ छ । बुटवलमा आइतबार पत्रकारहरूसँग बोल्दै नेता साउदले तत्काल संसद्को अधिवेशन बोलाउन पनि माग गरे ।
ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्ने धारणा राखे ।
साउदले दुई दलबीचको न्युनतम साझा सहमति कार्यान्वयन नभएको गुनासासमेत आइरहेको भन्दै पूर्णपालना गर्न सुझाव दिए ।

प्रकाशित : 12 January, 2025

प्रतिक्रिया दिनुहोस्