पर्शुराम खापुङले हिँउदे अधिवेशन आह्वान गरे

सहयात्रा टिभी

काठमाडौं । पुस २८, कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले हिँउदे अधिवेशन आह्वान गरेका छन् ।

आइतबार बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गतेबाट हिँउदे अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभा आह्वान भएको हो ।

प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाका अनुसार माघ ७ गते दिउँसो २ बजे बस्नेगरी अधिवेशन आह्वान भएको छ ।

गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो ।

 

प्रकाशित : 12 January, 2025

प्रतिक्रिया दिनुहोस्