सडकपेटीको कर्बस्टोन भत्काउनेलाई जरिबाना

सहयात्रा टिभी

काठमाडौं । माघ १, सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै काठमाडौं महानगरपालिकाले एक घर धनीलाई जरिबाना तिराएको छ ।

महानगरपालिका-१७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले जरिबाना गरेको हो ।

नयाँ घर बनाउन प्रयोग गरिने सामग्री ढुवानीका क्रममा सडकपेटीको कर्बस्टोन भत्किएको पाइएकोले कारबाही स्वरूप जरिबाना गरिएको महानगरले जनाएको छ ।

 

 

प्रकाशित : 14 January, 2025

प्रतिक्रिया दिनुहोस्