केयूको सभाले उपकुलपति छनोट कार्यविधि पुनर्विचार गर्न निर्देशन
सहयात्रा टिभी
काठमाडौं । माघ ४, काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि पुनर्विचार गर्न निर्देशन दिइएको छ । सिंहदरबारमा बसेको केयूको सभाले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो ।
उपकुलपतिको आवेदनका लागि आह्वान भएको सूचनामा आफूहरूलाई आवेदन गर्नबाट बञ्चित गराइएको भन्दै मेडिकल संकायका प्राध्यापकहरूले कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको थिए । सोही अनुसार सभाले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो ।
दुई–दुई कार्यकाल उपकुलपति भइसकेका व्यक्तिसमेत आवेदन दिन नपाउने तथा हरेक कार्यकालका लागि कार्यविधि संशोधन भइरहने स्थितिप्रति बैठकमा ध्यानाकर्षण गराइएको थियो ।