प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाइ

सहयात्रा टिभी

काठमाडौं । माघ ८, प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा बधाइ दिएका छन्। उनले सोमबार राति ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिए। प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको जनाए।

उनले लेखेका छन्, ‘नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छ। हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउन म प्रतीक्षारत छु।’ ट्विट मार्फत ओलीले ट्रम्पको सफल कार्यकालका लागि शुभेच्छा प्रकट गर्दै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

 

प्रकाशित : 21 January, 2025

प्रतिक्रिया दिनुहोस्