रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

सहयात्रा टिभी

रुपन्देही । माघ ९, पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

उनीविरुद्ध सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने हिजो साँझ भैरहवा आएका हुन् ।

लामिछाने बुधवार अदालत उपस्थित हुनका लागि मङ्गलवार जहाजमार्फत भैरहवा आइपुगेको रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले जनाएका छन् । लामिछाने मङ्गलवार दिउँसो साढे ४ बजे भैरहवा विमानस्थलमा उत्रिएका थिए । लामिछानेले आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् ।

अहिले लामिछानेको पक्षमा बहस गर्नका लागि कानुन व्यवसायी नारायणदत्त कँडेल भैरहवामा आइसकेको छामिछानेको सचिवालय हेरेका अविनाश आचार्यले जनाए ।

‘मौसमका कारण अन्य कानुन व्यवसायी आइसक्नु भएको छैन, पहिले बयान हुने भएकाले र सरकारी वकिलले गर्ने भएकाले आजै सबै कानुन व्यवसायी नआउनुभएको हो, बहस कति जनाले गर्ने भन्ने तोकिएको छैन । पहिलेकै टीममा रहेका कानुन व्यवसायीले नै गर्नुहुन्छ, यहाँ पनि धेरै कानुन व्यवसायी रहनुभएको छ तर सकेसम्म थोरैको संख्यामा बहस गराउने हुन्छ होला’ उनले भने ।

प्रकाशित : 22 January, 2025

प्रतिक्रिया दिनुहोस्