सरकारले ल्याएको अध्यादेशहरुबारे छलफल सुरु

सहयात्रा टिभी

काठमाडौं । माघ ९, सरकारले ल्याएको अध्यादेशहरुबारे नेकपा एमालेको संसदीय दलमा छलफल सुरु भएको छ ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसद् भवनको लोत्से हलमा छलफल सुरु भएको हो । ‘अध्यादेशहरूबारे संसदीय दल र हाम्रा मन्त्रीहरूबीच छलफल राखिएको हो’, बर्तौलाले भने ।

गत २६ पुसमा सरकारले ५ वटा अध्यादेश सिफारिस गरेको थियो । सिफारिस भएका सबै अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको छ ।

 

 

प्रकाशित : 22 January, 2025

प्रतिक्रिया दिनुहोस्