प्रधानमन्त्रीओली र मुख्य सचेतक महेश बर्तौलाबीच छलफल
सहयात्रा टिभी
काठमाडौं । माघ १३, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको छ । उनीहरूबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवर्ता भएको हो ।
भेटमा संसद्को हिउँदे अधिवेशन, बिजनेश लगायत, अध्यादेश लगायतका विषयमा छलफल भएको जनाइएको छ ।हिउँदे अधिवेशन आगामी १८ गतेबाट सुरु हुँदैछ ।
त्यसअघि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छलफल गर्दैछन् ।
एमाले मुख्य सचेतक बर्तौला प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएपछि सभामुखसँगको भेटवार्ता केहीबेर ढिलो भएको छ ।