आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी
काठमाडौं । माघ १६, नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा रहेको समाजवादी मोर्चाले मंगलबार मात्रै राजधानीमा विचार गोष्ठीको आयोजना गरेको थियो ।
समाजवादी मोर्चालाई सक्रिय बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तर प्रयास गर्दै आएका छन् ।
यसकालागि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपाका महासचिव विप्लवसँग निरन्तर संवाद गरिरहेका छन् ।
समाजवादी मोर्चा गठन हुँदा उपेन्द्र यादव नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल समेत थियो। तर, जसपा नेपाल फुटेर अशोक राईको नेतृत्वमा अर्को जसपा बनेको छ । आफ्नो पार्टी फुटाउने भूमिकामा प्रचण्ड समेत सहयोगी बनेको भनेर उपेन्द्र प्रचण्डसँग रुष्ट छन्।
तर, प्रचण्डले उपेन्द्रलाई समेत मोर्चामा समेट्ने प्रयास भने जारी राखेका छन् । उपेन्द्रलाई मोर्चामा सक्रिय गराउने गरी भूमिका खेल्न उनले नेपाललाई जिम्मेवारी नै दिएका थिए ।