अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । माघ २५, इजरायल, अमेरिका र अमेरिकाका अरू मित्रहरू माथि अनुसन्धान गरेको भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय अदालतलाई प्रतिबन्ध गरेको घोषणा गरेको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर यस्तो गरेका हुन् । गत नोभेम्बर २१ मा हमासका नेतासँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि पक्राउ पुर्जी जारी गरेको थियो अन्तर्राष्ट्रिय अदालतले ।
मानवताविरुद्ध अपराध गरेको भन्दै यस्तो पक्राउ पुर्जी जारी गरिएको थियो । यस्तै त्यो भन्दा अगाडि मार्च १७ मा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई पनि पक्राउ पुर्जी जारी भएको थियो । ट्रम्पको प्रतिबन्धले अन्तर्राष्ट्रिय अदालतका अनुसन्धानमा जोडिएका, फैसला गरेका र उनीहरूको परिवारलाई भिसा बन्द र अरू प्रतिबन्ध हुने बताइएको छ ।