आहा रारा गोल्डकप: दोस्रो सेमिफाइनलमा आज थ्रीस्टार र उज्वेकिस्तानको टोली भिड्दै

सहयात्रा टिभी

काठमाडौं । फागुन १, २४औं आहरारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुनेछ । यस खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

थ्रीस्टार र ब्ल्याक बुल्स दुवै एक-एक खेल जित्दै सेमिफाइनल पुगेका हुन् । पाँचपटकको विजेता थ्रीस्टारले क्वाटरफाइनलमा मछिन्द्र एफसीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । यस्तै पहिलो पटक नेपालमा आएर खेलिरहेको ब्ल्याक बुल्सले भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई हराएर सेमिफाइनल पुगेको हो । आजको खेलको विजेता र नेपाल पुलिसबीच उपाधिका लागि शनिवार फाइनल हुनेछ ।

मनाङ मर्स्याङ्दीसँगै सर्वाधिक ६ पटकको च्याम्पियन पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १-० ले पराजित गर्दै फाइनल पुगेको हो । प्रतियोगिताको विजेताले नगद १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : 13 February, 2025

प्रतिक्रिया दिनुहोस्