लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो

काठमाडौँ । फागुन ९, स्थानीय बजारमा आज सुनको मूल्य तोलाको १ लाख ७० हजार कायम भएको छ ।
विहीबार प्रतितोला १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज १ हजार रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला १ हजार ९९० मा किनबेच भइरहेको छ ।