बेतलबी बिदा जोडेर पेन्सन दिने निर्णय त्रिविले उल्ट्याइँदै

सहयात्रा टिभी

काठमाडौँ । फागुन १९, प्राध्यापक र कर्मचारीलाई बेतलबी बिदा जोडेर पेन्सन दिने निर्णय त्रिविले उल्ट्याउने तयारी गरेको छ।

बेतलबी बिदालाई सेवा अवधिमा जोड्न नपाइने नियम त्रिविको छ । तर, २०६८ वैशाख ८ भन्दा अगाडि बिदामा बसेका प्राध्यापक र कर्मचारीले बेतलबी बिदालाई जोडेरपेन्सन लिइरहेका छन् ।

त्रिविको पुनरावेदन आयोगले २१ असार २०७५ मा आयोगकै शाखा अधिकृत विमल रिमालले लिएको बेतलबी बिदालाई पनि गणना गरी पेन्सनपट्टा जारी गरिदिने फैसला गरेको थियो । सोही नजिरलाई देखाएर प्राध्यापक शंकर भण्डारीले पनि बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सनपट्टा बनाएका थिए ।

भण्डारीको निवेदनको आधारमा तत्कालीन कार्यकारी परिषद्ले ११ माघ २०७६ मा २०६८ वैशाख ८ भन्दा अगाडिको बेतलबी बिदालाई सेवा अवधिमा जोड्ने निर्णय गरेको थियो ।

यसैको आधारमा १२६ प्राध्यापकले बेतलबी बिदालाई जोडेर पेन्सन लिइरहेका छन् । यसरी पेन्सन लिनेमा बहालवाला तथा पूर्वपदाधिकारी समेत संलग्न छन् । यसले त्रिविलाई आर्थिक नोक्सानी भइरहेकोछ ।

 

 

 

प्रकाशित : 3 March, 2025

प्रतिक्रिया दिनुहोस्