श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त

सहयात्रा टिभी

काठमाडौँ । फागुन १९, प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपालीलाई राजदूत नियुक्त गरेका हुन् ।

नेपालीलाई मन्त्रिपरिषद्ले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

 

प्रकाशित : 3 March, 2025

प्रतिक्रिया दिनुहोस्