दिउँसो २ बजे कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । चैत ५, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।
बैठक दिउँसो २ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा बस्नेगरी बोलाइएको छ । बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई बोलाइएको छ ।
सहमहामन्त्री महेन्द्र यादवका अनुसार मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरूको सक्रियता, पार्टीका आन्तरिक गतिविधिलगायत विषयमा छलफल हुनेछ ।