आईजीपी दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । चैत ५, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिन्ह पाएका छन्।
मंगलबार बिहान गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
बसन्तबहादुर कुँवरले सोमबार मध्यरातिदेखि अवकाशमा गएका छन्। उनी अवकाशमा जाने भएसँगै सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई आईजीपी नियुक्त गरेको हो।
आईजीपी भएका थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।
उनी २०६३ भदौ ८ मा डीएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ गते एसएसपी र २०७९ असार १७ गते डीआइजी भएका थिए।
उनी २०७९ चैत ६ गते उनी एआईजीमा बढुवा भएका थिए।