झापामा एम्बुलेन्स दुर्घटना हुदाँ जना घाइते

काठमाडौं । चैत ६, झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमकको मुख्य चोक नजिकै पूर्वपश्चिम लोक मार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडबाट बिरामी लिएर विराटनगर तर्फ जाँदै गर्दा बुधवार बिहान १ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परेर एम्बुलेन्समा सवार अर्जुनधारा नगरपालिका वडा नम्बर १० का २० वर्षीय विशाल लिम्बु, २३ वर्षीया वर्षा लिम्बु , सोही ठाउँकी १९ वर्षीया आरजु राई, सोही ठाउँकी ५१ वर्षीया मिना लिम्बु , २१ वर्षीय अन्जेश लिम्बु र एम्बुलेन्स चालक बिर्तामोड ५ का ३५ वर्षीय कमल अधिकारी घाइते भएका छन् ।