पद्मकन्यामा मतदान जारी, पत्रकारलाई प्रवेश निषेध

सहयात्रा टिभी

काठमाडौं । चैत ७, बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा स्ववियू निर्वाचनको मतदान जारी रहेको छ ।

विवादका कारण आजका लागि तय भएको निर्वाचनमा शान्तिपूर्ण मतदान भइरहेको छ । तर पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ । यस्तै, विद्यार्थीहरुको परिचयपत्र पनि मतदान गरिसकेपछि प्रशासनले राखेको छ । उनीहरुलाई भोलिमात्रै परिचयपत्र फिर्ता दिइने बताइएको छ ।

निर्वाचन अधिकृत सैलेन्द्र प्रकाश नेपाल फोन अफ गरेर बसेका छन् । पद्मकन्यामा नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार र बागी उम्मेदवार भूपि ऐर छन् । परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।

पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका छन् । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राई छन् ।

प्रकाशित : 20 March, 2025

प्रतिक्रिया दिनुहोस्