५ लाख आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश, २४ अप्रिलमा अमेरिका छाड्न सूचना

सहयात्रा टिभी

काठमाडौँ । चैत ९, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुने गरी ठूलो निर्णय गरेको छ ।

प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानुनी अधिकार खारेज गरेको हो ।

संघीय सरकारद्वारा जारी गरिएको सूचना अनुसार अमेरिकामा कानुनी आधारबिनै बसेका ती आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति र निर्वासनबाट सुरक्षित रहने सुविधा रद्द हुनुअघि देश छोड्न चेतावनी दिइएको छ । अमेरिकी सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा त्यस अघि नै अमेरिका छाड्न सूचना जारी गरिएको छ।

बाइडेन प्रशासनको कार्यकालमा ५ लाख ३० हजार प्रवासीहरूलाई सीएचएनभी नामक कार्यक्रममार्फत अमेरिका ल्याइएको थियो।

यसैगरी रुस र युक्रेन युद्धको कारण अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनीको अस्थायी कानुनी मान्यता भङ्ग गर्ने योजनामा पनि ट्रम्प प्रशासन रहेको जनाइएको छ।

प्रकाशित : 22 March, 2025

प्रतिक्रिया दिनुहोस्